किसान आइसिटीले आफ्नो अमुल्य ग्राहकहरु, कृषकहरु तथा कृषि नजिक रहेका इकाइहरुको प्रयोगकर्ताहरुलाई विशेष ध्यानमा राखि सेवा र सुविधा प्रदान गर्नेछ । कृषि पसलमा अतिरिक्त सेवा र सटर भाडा—किराया थप हुनेगरेकोले सामाग्रीको मुल्य वृद्धि हने गरेको पाइन्छ । हाम्रो एपमा सामाग्रीको अनावश्यक मुल्य कटौती गरी पसलको भन्दा किफायती मुल्य तोकिनेछ । हामीले ग्राहकको गतिविधि तथा ट्रांजैक्सनको रेकर्डहरु ट्रयाक गर्न दक्ष कामदारहरु खटाउनेछौ । अन्य सेवाहरु यस प्रकारका छन् :
प्रयोगकर्ताहरुलाई कृषि संबन्धि सुचना, जानकारी तथा सामाचारहरु आकर्षक ढंगले पेश गरिनेछ ।
ग्राहकहरुको ट्रांजैक्सन, कस्टमर सर्विस र प्रोडक्ट पर्चेज हिस्ट्रीको लागी रेकर्ड गरिनेछ ।
यस कंपनीले नविन प्रविधिको प्रयोग गरी पर्सनलाइज्ड शपिंग अनुभवको निर्माण गर्नेछ ।
एपका युजरहरुलाई अंतक्र्रिया गर्नको लागी मैसेज बोर्ड, च्याट रुम तथा इमेल सुविधा प्रदान गरीनेछ ।
यस एपमा सहकारीको ठुलो भूमिका रहेकोले सदस्यहरुलाई अनलाइन सेवा प्रदान गर्नेछ।
ग्राहकलाई आवस्यक पर्ने कृषि सम्बन्धि ग्राहक सेवा केन्द्र "कृषि केन्द्र" निर्माण गरिने छ।